देश । काठमाडौँमा अरेबिक स्वादका पारखीका लागि नयाँ डाइनिङ तथा मनोरञ्जन गन्तव्यका रूपमा ‘पापाज बार एन्ड ग्रिल’ र ‘सुल्तान अरेबिक फुड’ सञ्चालनमा आएका छन् । एक कार्यक्रमबीच सञ्चालकले उत्कृष्ट भोजन, पेय पदार्थ, संगीत र आतिथ्यतालाई एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले नयाँ गन्तव्य सञ्चालनमा ल्याइएको जानकारी दिएको हो।
‘सुल्तान अरेबिक फुड’मा काठमाडौँमै मौलिक अरबिक स्वाद लिन सकिने सञ्चालक पक्षले जनाएको छ । यहाँ हलाल खानाका परिकारलाई अरबिक परम्परा र संस्कृतिअनुसार तयार पारिने बताइएको छ। रेस्टुरेन्टको मेन्युमा हुमुस, मुतब्बल, बाबा गनुस, शावरमा, चिकेन कबाब, सिस तावुक, मन्दी र बिर्यानीलगायत विभिन्न अरबिक तथा मध्यपूर्वीय परिकार समावेश गरिएको छ।
काठमाडौँको विविध भोजन संस्कृतिलाई ध्यानमा राख्दै स्थानीय बासिन्दा, पर्यटक, परिवार तथा साथीभाइ एकै ठाउँमा भेला भएर खानाको स्वाद लिन सक्ने वातावरण तयार गरिएको सञ्चालक पक्षले जनाएको छ।
सञ्चालकका अनुसार ‘पापाज बार एन्ड ग्रिल’ र ‘सुल्तान अरेबिक फुड’लाई रेस्टुरेन्ट तथा बारमा सीमित नराखी उत्कृष्ट आतिथ्यता र संगीतमय वातावरणसहितको नयाँ अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ।












