‘शुभ विवाह’को पोखराबाट छायांकन सुरु

फिल्म । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘शुभ विवाह’को औपचारिक छायांकन सुरु भएको छ। क्यामेरा पूजा गर्दै निर्माण टोलीले पर्यटकीय नगरी पोखराबाट फिल्मको छायांकन थालेको हो।

फिल्मका लागि ४५ दिनको छायांकन तालिका तय गरिएको छ। सोहीअनुसार कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेको छ। आइतबारदेखि फिल्मको छायांकन सुरु गरिएको निर्देशक थापाले जानकारी दिएका छन्।

प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा छन्। निर्देशक थापा र अभिनेता खड्काले यसअघि सफल फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। लामो समयपछि उनीहरूबीच भएको सहकार्यलाई लिएर फिल्म क्षेत्रमा चासो बढेको छ।

फिल्ममा प्रदीप र सनिशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।

सुप्रिया कटुवाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। रोमान्टिक कथावस्तुमा आधारित फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहनेछ। विक्रम स्वारले नृत्य निर्देशन गर्नेछन् भने ट्रेलर सम्पादनको जिम्मेवारी साहिल खानले पाएका छन्।

बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशकका रूपमा रहेका छन्। मनोज लामाको ध्वनि, रोशन दिवानाको कला निर्देशन तथा सुदीप ढकालको प्रोडक्सन व्यवस्थापन रहनेछ। फिल्ममा शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ र ‘बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले सम्हाल्नेछन्।

फिल्मका लागि पोशाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी)ले तयार पार्नेछन्। पब्लिसिटी डिजाइन आनन्द महर्जन, कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन्। डेकोर पार्टनरका रूपमा गरिमा फ्लोरिस्ट रहेको छ।

विराज ढुङ्गाना कानुनी सल्लाहकार र भेष ढकाल लेखापरीक्षक रहेको फिल्मको एजेन्सी प्रसुन तिमिल्सिना (कार्यालय) हो। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरण भिष्म फिल्म्स र श्री राम बालाजीले गर्नेछन्।

कमेन्ट गर्नुहोस्