फिल्म । आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘मास्टर्नी’ सार्वजनिक पहिलो शिर्ष गीतका कारण चर्चामा आयो । त्यसपछि फिल्मलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी बीच प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ७ लाखको हाराहारीमा कमाइ गरेको छ । फिल्म ‘मास्टर्नी’ले घरेलु बक्स अफिसमा पहिलो दिन ६ लाख ९२ हजार ८३ सय ९ सय ४० रुपैयाँ ग्रस कमाएको छ।
चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मको उक्त अवधिसम्म फिल्मका १ हजार ९ सय ६६ वटा टिकट बिक्री भएका छन् ।
अभिनेत्री प्रियंका कार्कीको शिर्ष भूमिका रहेको फिल्ममा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ । शुभेन्दु घोषले निर्देशन गरेको फिल्मको पटकथा शान बस्न्यातले लेखेका हुन्। संवाद लेखनमा अभिनेत्री कार्की र बस्न्यातको सहकार्य रहेको छ।












