छैटौँ ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड–२०२६’को मनोनयन सार्वजनिक

सौन्दर्य । छैटौँ संस्करणको ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड-२०२६’को मनोनयन सार्वजनिक गरिएको छ । हरेक वर्ष नेपाल म्युजिक एन्ड फेसन अवार्डसँगै यसको मनोनयन एकैपटक सार्वजनिक हुँदै आएकोमा यसपटक भने दुवै अवार्ड एकै स्थान र समयमा आयोजना हुने भए पनि ‘नेपाल ब्युटी, मेकअप एन्ड कस्मेटिक अवार्ड–२०२६’को मनोनयन छुट्टै सार्वजनिक गरिएको हो ।

अवार्डको ग्रान्ड फिनाले यही भदौ १८ गते दिउँसो २ बजेबाट चलचित्र विकास बोर्डमा आयोजना हुने आयोजकले जनाएको छ । छैटौँ संस्करणको अवार्डमा ब्युटी, मेकअप, हेयर तथा कस्मेटिक क्षेत्रका विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । आयोजकका अनुसार बेस्ट ब्राइडल मेकअप, बेस्ट पार्टी मेकअप, बेस्ट नेल आर्ट, बेस्ट नेल टेक्निसियन, बेस्ट ब्राइडल हेयर डिजाइन, बेस्ट हेयर स्टाइलिस्ट, बेस्ट हेयर टेक्निसियन, बेस्ट फेसियल आर्टिस्ट, बेस्ट मेहेन्दी आर्ट डिजाइन, बेस्ट आइल्यासेस टेक्निसियन, बेस्ट ब्युटी पार्लर (मोफसल), बेस्ट माइक्रोसेडिङ, बेस्ट ब्युटिसियन (मोफसल), बेस्ट ब्युटी पार्लर/मेकअप स्टुडियो (काठमाडौं) र बेस्ट फिल्म मेकअपलगायत विधामा मनोनयन सार्वजनिक गरिएको छ ।

मनोनयनमा परेका प्रतिस्पर्धीका लागि भोटिङसमेत खुला गरिएको छ । निर्णायकको निर्णय र प्राप्त भोटिङका आधारमा विजेता छनोट गरी अवार्ड प्रदान गरिने आयोजक टिमले जनाएको छ । आयोजक एसबी क्रिएसन प्रालिमा प्राप्त आवेदन फारमका आधारमा मनोनयन सार्वजनिक गरिएको एसबी क्रिएसनकी अध्यक्ष सरिता भारतीले बताइन् ।

अवार्डका विभिन्न विधामा मनोनयनमा परेकाहरूको सूची यस प्रकार छ ।

बेस्ट चलचित्र मेकअप

१) अमृत मरहठ्ठा – (चलचित्र मोहर)

२) बिनोद श्रेष्ठ – (चलचित्र कोशेढुंगा)

३) सरोजा पाण्डे – (चलचित्र अन्जिला)

बेस्ट ब्राइडल मेकअप

१) लक्ष्मी महर्जन

२) सुमी खवास (मोफसल)

३) निता महर्जन

बेष्ट पार्टी मेकअप

१) निशा रजक

२) मुना महर्जन

३) राधा चौधरी

बेस्ट नेल टेक्निसियन

१) सुष्मा महर्जन

२) देउ कला खेवाङ

३) ललिता जोशी

बेस्ट नेल आर्ट

१) मुना महर्जन

२) निशा रजक

३) रिता तामाङ

बेस्ट ब्राइडल हेयर डिजाईन

१) रबिना ठकुरी

२) लक्ष्मी महर्जन

३) सुमी खवास (मोफसल)

बेस्ट हेयर स्टाइलिस्ट

१) आयुशा खड्का

२) मनिष नेपाल

३) स्मृती सुब्बा

बेस्ट हेयर टेक्निसियन

१) रिता तामाङ

२) उषा गुरुङ

३) शान्ति शर्मा

बेस्ट मेहेन्दी आर्ट डिजाइन

१) रिता तामाङ

२) रमा नेपाल

३) ललिता जोशी

बेस्ट फेसियल आर्टिस्ट

१) दुर्गा पौडेल, बुढाथोकी (मोफसल)

२) हिरादेबी पुलामी मगर

३) प्रमिला बुढाथोकी

बेस्ट आईल्यासेस टेक्निसियन

१) हिरा राई

२) स्मृति सुब्बा

३) ललिता जोशी

बेस्ट माइक्रोसेडिङ

१) रबिना ठकुरी

२) बिना राना मगर

३) निशा रजक

बेस्ट ब्युटी पार्लर / मेकअप स्टुडियो (काठमाडौँ)

१) चेली मेकअप स्टुडियो, कालिमाटी, काठमाडौँ

२) इसु ब्युटी सलुन, चावहिल, काठमाडौँ

३) आरएल ब्युटी पार्लर, टोखा , काठमाडौँ

बेस्ट ब्युटिसियन (मोफसल)

१) सुमी खवास (बेलबारी, मोरङ)

२) दुर्गा पौडेल – (बगमती, सर्लाही)

३) रोशनी श्रेष्ठ, (पुनरवास, कन्चनपुर)

बेस्ट ब्युटीपार्लर (मोफसल)

१) रोशनी श्रेष्ठ, न्यु सुविक्षा ब्युटिपार्लर, कंचनपुर

२)राघी श्रेष्ठ, (राजेश्वरी) – एन्जल ब्युटी सलुन, बरथहवा, सर्लाही

३) चाँदनी श्रेष्ठ, चाँदनी ब्युटी सलुन आदमघाट, धादिङ

कमेन्ट गर्नुहोस्