फिल्म । ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ (सिजन–१३) को ग्रान्ड फिनाले राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ । नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा तथा सिर्जनात्मक क्षमताको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा किशोर तथा किशोरीतर्फका विजेताले नगद २ लाख रुपैयाँसहित उपाधि जितेका छन् ।
किशोरीतर्फ तोशारा धनाहा मगर विजेता घोषित भइन् । क्रिजल लिम्बु फस्ट रनर्सअप तथा आभा राजोपाध्याय सेकेन्ड रनर्सअप बनिन् । हृदिमा तिमल्सिना थर्ड रनर्सअप, स्मारिका तामाङ फोर्थ रनर्सअप तथा सुहासी खड्गी फिफ्थ रनर्सअप घोषित भए । त्यस्तै, किशोरतर्फ रोनिश मानन्धर विजेता बने । ओजल ढाख्वा फस्ट रनर्सअप तथा सुप्रित लामिछाने सेकेन्ड रनर्सअप घोषित भए ।
प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत पनि सहभागीहरू पुरस्कृत भएका छन्। किशोरीतर्फ स्मारिका तामाङ ‘मोस्ट पपुलर विनर’, थेरेशा शाही ‘पब्लिक च्वाइस विनर’ तथा सरगम साउद ‘मोस्ट एक्टिभ’ घोषित भए। यस्तै, यशस्वी शाक्यले ‘ब्युटी विथ ब्रेन’, आभा राजोपाध्यायले ‘मिस ट्यालेन्ट’, सुहासी खड्गीले ‘मोस्ट फोटोजेनिक’, कृति शाक्यले ‘बेस्ट स्टोरीटेलिङ’ र ‘बेस्ट कन्टेन्ट क्रिएटर’ तथा तोशारा धनाहा मगरले ‘फेसन आइकन’को उपाधि जितिन्।
किशोरतर्फ स्वरुप बिष्ट ‘मोस्ट पपुलर विनर’, रोनिश मानन्धर ‘पब्लिक च्वाइस विनर’ तथा ‘मोस्ट इन्टेलिजेन्ट’ घोषित भए। सुसन मोक्तान तामाङ ‘मिस्टर र्याम्पवाक’ बन्न सफल हुँदा स्वरुप बिष्टले ‘मोस्ट फोटोजेनिक’ र ‘मिस्टर ह्यान्डसम’को उपाधि हात पारे।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा. लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बु तथा इभेन्ट म्यानेजर कामना पौडेल रहेका थिए। कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् भने सञ्चालन प्रणिमा दाहालले गरेकी थिइन्।
ऐरी ब्युटी प्वाइन्ट, सनिल आर्ट तथा उप्स नेपालको प्रायोजन रहेको प्रतियोगिताको फोटो तथा भिडियो व्यवस्थापन कथा फोटो फिल्म्सले गरेको थियो। कार्यक्रम सफल बनाउन संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट म्यानेजर लोमशबहादुर कार्की, लबिशकुमार कार्की तथा सहायक इभेन्ट म्यानेजर रोशनी कार्कीको विशेष योगदान रहेको आयोजकले जनाएको छ।
आयोजक संस्था एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै उनीहरूलाई व्यक्तित्व विकास तथा सौन्दर्य क्षेत्रतर्फ प्रोत्साहित गर्ने उद्देश्यले ‘मिस्टर एण्ड मिस एसईई आइकन’ प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ।










