‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामालाई

सङ्गीत । नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन १’ को उपाधि निशा लामाले जितेकी छन् । राजधानीमा आयोजित ग्रान्ड फिनालेमा शीर्ष उपाधि जित्दै उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् । प्रतियोगितामा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो बने । फिनालेमा शीर्ष ८ फाइनलिस्टहरूले मञ्चमा उत्कृष्ट प्रस्तुति दिएका थिए ।

एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलद्वारा आयोजित उक्त शोको निर्देशन माधवराज खरेलले गरेका थिए । आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपुत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको थियो भने व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए ।

फिनालेमा रिता थापा मगर, राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती निर्णायकका रूपमा रहेका थिए । कार्यक्रमको होस्टिङ रोजिन शाक्य र मुना अर्यालले गरेका थिए ।

कमेन्ट गर्नुहोस्