प्रि-पोन्ड भयो ‘मितज्यू’,जेठ ८ मै प्रदर्शन हुने

फिल्म । नेपाली कथानक फिल्म ‘मितज्यू’ को दोस्रो पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । आइतबार पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी जेठ ८ गते देखि प्रदर्शनमा आउने जानकारी दिइएको हो । यसअघि फिल्मको प्रदर्शन मिति जेठ १५ गतेका लागि तय गरिएको थियो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर र शिशिर वाङ्देल लगायतका पात्रलाई देखाइएको छ । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई र खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको अभिनय रहेको छ । यसै फिल्ममार्फत तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

जनक घर्ती मगरको लगानी रहेको फिल्म जीएम मुभिज प्रोडक्सन को ब्यानरमा निर्माण भएको हो । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेको रहेको छ । फिल्मका प्रोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन् । सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्।

फिल्मको प्रोडक्सन डिजाइन किशोर नेपालले गरेका छन् भने ड्रेस डिजाइनमा संगीता रोका मगर र प्रतीक्षा भाट क्षेत्री छन् । द्वन्द्व निर्देशन प्रभात विष्टले गरेका छन् भने साउन्ड डिजाइन नवीन श्रेष्ठको रहेको छ । फिल्मको पार्श्व सङ्गीत शैलेश श्रेष्ठले तयार गरेका छन् भने सङ्गीत श्रीकृष्ण बम मल्लको रहेको छ ।

कमेन्ट गर्नुहोस्