नेपालमा कस्तो चल्यो ‘धुरन्धर’ ?

फिल्म । रणवीर सिंह अभिनित जासूस फिल्म ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापार गरिरहेको छ । ‘सिनेपाः @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार अनुसार गएको माघ १७ गतेसम्म उक्त फिल्मले नेपालमा १० करोड ५३ लाख ५५ हजार ३६१ रुपैयाँ ग्रस कमाएको छ ।

बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मले राम्रो व्यापार गर्ने क्रमलाई निरन्तरता दिएको हो । सोही अवधिमा फिल्मको ३ लाख १९ हजार ८८८ वटा टिकट बिक्री भएका छन् ।

फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ । फिल्ममा रणवीरसँगै अक्षय खन्ना, संजय दत्त, अर्जुन रामपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई आदित्य धरले निर्देशन तथा निर्माण गरेका हुन् । एक्सन र ड्रामाले भरिएको कथावस्तु, लोकप्रिय कलाकारहरूको अभिनय र प्रचारप्रसारले फिल्मप्रति दर्शकको चासो बढाएको विश्लेषण गरिएको छ ।

कमेन्ट गर्नुहोस्