मृनालसँग विवाह गर्दैछन् धनुष ?

फिल्म । दक्षिण भारतीय अभिनेता धनुषले पुनः विवाह गर्न लागेको चर्चा चलिरहेका बेला उनका नजिकका एक निर्माता तथा निर्देशक मित्रले ती हल्लालाई अस्वीकार गरेका छन् । मुम्बईका ती फिल्मकर्मी, जो धनुषका अत्यन्त नजिकका साथी मानिन्छन्, उनले विवाहको चर्चालाई मजाककै रूपमा टिप्पणी गरेका छन् ।

‘यदि विवाहको तयारी नै भइरहेको हो भने उनीहरूसँग तयारीका लागि एक महिनाभन्दा पनि कम समय बाँकी हुन्छ’, उनले हाँस्दै भने, ‘धनुषसँग मेरो प्रायः दैनिक कुराकानी हुन्छ, तर उनले कथित विवाहबारे मलाई केही बताएका छैनन् । यदि मलाई थाहा छैन भने अरू कसैलाई पनि थाहा हुँदैन होला ।’

गम्भीर हुँदै उनले धनुषको पारिवारिक अवस्थाबारे पनि स्पष्ट पारे । उनका अनुसार धनुष र उनकी पूर्वपत्नीबीच कानुनी रूपमा सम्बन्ध विच्छेद भएपछि दुवैले आफ्ना दुई छोरा यात्रा र लिंगाको संयुक्त अभिभावकत्व गर्ने निर्णय गरेका थिए । ‘मेरो बुझाइमा धनुष पुनः विवाह गर्न चाहँदैनन् । उनी आफ्ना छोराहरूको जीवनमा सौतेनी आमाको प्रवेश गराउन इच्छुक छैनन्’, ती मित्रले भने ।

धनुष र अभिनेत्री मृणाल ठाकुरबीचको सम्बन्धबारे सोध्दा भने उनले टिप्पणी गर्न अस्वीकार गरे । यससँगै धनुषको पुनः विवाहबारे चलिरहेका अड्कलहरूमा प्रश्नचिन्ह लागेको छ ।

कमेन्ट गर्नुहोस्