फिल्म । नेपाली फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका छन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीअनुसार श्रेष्ठ आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक उम्मेदवारका रूपमा समावेश भएका हुन् ।
अभिनेतासमेत रहेका श्रेष्ठले यसअघि केही फिल्म निर्माण गरिसकेका छन् । पछिल्लो समय उनी रिच इन्टरटेनमेन्टमार्फत फिल्म वितरणको काम गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्












