माघ ९ मा ‘परिवर्तन’

फिल्म । दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर सोमबार रिलिज भएको छ । निर्माण टिमले फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै आगामी माघ ९ (जनवरी २३) बाट प्रदर्शन मिति तोकेको छ । पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठ एक्शन अवतारमा प्रस्तुत भएका छन्, जसले आगो, लडाइँ र प्रतिशोधको झल्को दिन्छ ।

उनको हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्शन मिश्रित कथामा नायकको परिवर्तन यात्रासँग जोडिएको संघर्षलाई केन्द्रमा राखिएको पोस्टरले संकेत गर्छ । पृष्ठभूमिमा सुशीलले केही नेता जस्ता व्यक्तिहरूलाई रोक्दै वा सम्झाउँदै गरेको दृश्य छ, जसले देशको सीमानाको विषयमा लडाइँ भएको हुन सक्छ भन्ने अनुमान गराउँछ । यसको पुष्टि गर्न टिजर र ट्रेलरको प्रतीक्षा गर्नुपर्नेछ ।

पोस्टर हेर्दा सुशीलको अहिलेसम्मकै बबाल एक्शन यो फिल्ममा रहेको बुझ्न सकिन्छ । एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन्, जसको काम अघिल्ला फिल्मका भन्दा पृथक लाग्छ । पोस्टरले नै सुशीलले फिल्मका लागि कति मेहनत गरेका छन् भन्ने स्पष्ट पार्छ।निर्देशक विजय केरुङले निर्देशन गरेको यो फिल्मको कथा तथा निर्माण दीपक सिवाकोटीको छ।

सुशील श्रेष्ठका अलावा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल र गौतम तिवारी लगायतका कलाकारहरूको मुख्य भूमिका छ। फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ, सह–सम्पादन उमेश थापाले गरेका छन् भने एसोसिएट निर्देशकमा नवराज शर्मा छन्।

कलरिस्ट राजेन्द्र मोक्तान छन्।निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। डिओपी शिव ढकालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन्। प्रोडक्सनको काम अरुण रेग्मीले सम्हालेका छन्। फिल्मको डिजिटल साझेदार ‘ओएसआर डिजिटल’ र वितरण आर.आर. फिल्म्सले गर्ने छन्।

कमेन्ट गर्नुहोस्