‘रिमै’को अग्रीम टिकट बुकिङ तथा बिक्री खुला

फिल्म । भदौ २० गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘रिमै’को अग्रीम टिकट बुकिङ तथा बिक्री खुला गरिएको छ । बिहीबार साँझसम्म देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलहरूले शो उपलब्ध गराइसकेका छन् । बुधबार भएको फिल्मको प्रिमियरको सकारात्मक प्रभाव हलहरूको शो सङ्ख्यामा देखिएको छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको यो फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको मुख्य भूमिका छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँ उपत्यकामा १४ र मोफसलमा १८ शो उपलब्ध गराएको छ।यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना पाँच हलमा ५ शो, वान सिनेमाजले ७ शो, बिग मुभिजले २ शो, एफक्यूब सिनेमाजले ३ शो, बिएसआर मुभिजले २ शो, रञ्जना सिनेप्लेक्सले ५ शो, सिके सिनेमाजले २ शो र सिने डी सेफले २ शो उपलब्ध गराएका छन् ।

दर्शकको चाप बढेमा शो सङ्ख्या थपिने निर्माण टिमको विश्वास छ।गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा रहेको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता छन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माता छन्।खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको सङ्गीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी. गुरुङको सम्पादन छ ।

कमेन्ट गर्नुहोस्