फिल्म । नेपाली कथानक फिल्म ‘द प्रोफेस्नल गाइज’को टाइटल एनाउन्समेन्ट गरिएको छ । जेकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यो फिल्म चाँडै प्रदर्शनमा आउने निर्माण पक्षले संकेत गरेको छ ।
काठमाडौंको सुकेधारास्थित अस्कर इन्टरनेसनल कलेजको साधना घर थिएटरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार, प्राविधिक, सञ्चारकर्मी र फिल्मप्रेमी दर्शकको उपस्थिति फिल्म बारे जानकारी दिनुका साथै घोषणा गरिएको थियो ।
फिल्मका लेखक तथा निर्देशक मार्टिन भण्डारी र डार्विन श्रेष्ठ हुन् भने सह-लेखक एवं सिर्जनात्मक निर्देशकको भूमिकामा अमन श्रेष्ठ छन् । फिल्मको प्रदर्शन मिति, कलाकारलगायतका कौतुहलतापूर्ण जानकारी आगामी दिनमा क्रमशः खुलाइने निर्माण पक्षले जनाएको छ ।
कमेन्ट गर्नुहोस्










