राष्ट्रपति पौडेलद्वारा जनैपूर्णिमा र रक्षाबन्धनको शुभकामना

फाइल फोटो

देश । राष्ट्रपति रामचन्द्र पौडेलले जनैपूर्णिमा, ऋषितर्पणी र रक्षाबन्धनको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ। शनिबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यी पर्वले नेपालीहरूबीच आपसी सम्बन्ध र सद्भाव थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपालको विविध जातजाति, भाषा, संस्कृति र परम्परालाई जोड्ने यस्ता चाडपर्वले मित्रता, प्रेम र राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान गर्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्