फिल्म । बलिउडमा व्यावसायिक रूपमा सफल फिल्महरूको सिक्वेल दर्शकहरूका लागि सधैं प्रतीक्षाको विषय बन्छ। अहिले केही स्टार अभिनीत फिल्महरू नयाँ कथा र सिक्वेलका साथ निर्माणको चरणमा छन् ।
सलमान खान अभिनीत सन् २००५ मा रिलिज भएको हिट फिल्म ‘नो एन्ट्री’को सिक्वेल ‘नो एन्ट्री मे एन्ट्री’ निर्माण हुने भएको छ । तर, यो सिक्वेलमा सलमान खान भने सहभागी हुने छैनन् । नयाँ टिमसँग निर्माण भइरहेको यो फिल्मको कथा पहिलो फिल्मभन्दा निकै फरक हुनेछ ।
फिल्मको छायांकन ग्रीस, इटली र भारतमा हुने तयारी छ । कथावस्तु तीन व्यक्तिको विवाह र वैवाहिक जीवनबाहिरको सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर) वरिपरि केन्द्रित हुनेछ । फिल्मका लागि अभिनेत्री तमन्ना भाटियालाई पनि फाइनल गरिएको छ ।
निर्देशक अनीस बज्मी र निर्माता बोनी कपूरले यो फिल्मको कथालाई पहिलो फिल्मभन्दा फरक र रोचक बनाउने योजना बनाएका छन् । कथावस्तु तीन व्यक्तिको विवाह र वैवाहिक जीवनबाहिरको सम्बन्ध (एक्स्ट्रा म्यारिटल अफेयर) वरिपरि केन्द्रित रहनेछ ।
यो सिक्वेलमा वरुण धवन, अर्जुन कपूर र दिलजीत दोसांझ मुख्य भूमिकामा छन् । सिक्वेलमा १० अभिनेत्रीको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ, जसले कथालाई थप रोचक बनाउनेछ।












