‘कोशेढुंगा’को तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘कोशेढुंगा’को पहिलो गीत सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नरदेवी फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको यो फिल्मको तीज गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । गीतमा समीक्षा अधिकारी, खेम सेञ्चुरी र दिपीका वयम्बु मगरको स्वर रहेको छ। नेत्र अर्यालको शब्द र खेम सेञ्चुरीको हुकलाइन तथा संगीतले सजिएको यो गीतको भिडियोमा फिल्मका कलाकारहरू सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मञ्जिल कुमार, दिनेश काफ्ले र स्नेहा जोशीको अभिनय छ ।

भिडियोको नृत्य निर्देशन स्मृति तिमिल्सिनाले गरेकी छन् । ‘कोशेढुंगा’ सर्वाधिक व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलको नयाँ प्रस्तुति हो । सारंगी फिल्मस्सँगको सहकार्यमा बनेको यो फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का छन् ।

बाबु श्रेष्ठको छायांकन र नहकुल खड्काको सम्पादन रहेको फिल्ममा आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, लोकमणि सापकोटा, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय छ ।

कमेन्ट गर्नुहोस्