नेपालमा गुञ्जिदै जुविन

सङ्गीत । भारतीय गायक मध्ये आफ्नो छुटै मौलिक आवाजका कारण श्रोता माँझ लोकप्रिय भएका गायक जुविन नौटियाल काठमाडौँमा गुञ्जिने भएका छन् । उनले आउँदो फागुन १७ अर्थात् सन् २०२५ मार्च १ मा पहिलोपटक नेपालमा साङ्गीतिक प्रस्तुति दिने तय भएको छ । भारतीय गीतमार्फत विश्वभर लोकप्रिय भएका जुविनका गीत नेपालमा पनि लोकप्रिय छ । विशेष गरी युवापुस्ताले उनको गीत सुन्ने गरेका छन् ।

पहाडी टोनका कारण भारतीय अन्य गायक भन्दा फरक सुनिने जुविनको कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ । एन-अटिजम केयर फाउन्डेसनले आयोजना गरेको यो कन्सर्ट यसअघि २९ मङ्सिरमा तय गरिएको थियो तर विविध कारणवश पछि सर्‍यो । टिकट पार्टनरको रूपमा रहेको खल्तीले टिकट बिक्री थालेको खल्तीका चिफ बिजनेस अफिसर अविनाश गुप्ताले बताए ।

सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायनमार्फत सुनिएका जुविनका गीतहरू ‘रात लम्बियाँ’, ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’, ‘हम नमा मेरे’, ‘मेहरबानी’, ‘तुम ही आना’, ‘दिल गल्ती कर बैठा’, ‘तुझे कितना चाँहे और हम’, ‘अख लडजावे’ लगायतका गीत नेपाली माँझ लोकप्रिय छ । उनले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

कमेन्ट गर्नुहोस्