रुचाईयो ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर

फिल्म । नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को सार्वजानिक टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अभिनेता विजय बरालको अभिनयको तारिफ धेरैले गरेका छन् । कोरियामा युवाको पैसा कमाउने आकर्षक गन्तव्य बनेको कथालाई टिजरमा उठान गरिएकोले दर्शकले मन पराएका छन् ।

निर्माण टिम यी प्रतिक्रियाबाट उत्साहित छ । निर्देशक हिमाल न्यौपानेले दर्शकले विषय र पात्र छनोटमा सन्तुष्टि जनाएकाले अब फिल्मले पनि त्यहीस्तर कायम गर्नुपर्ने चुनौती रहेको बताए ।

‘कथादेखि मेहनत गरेका छौं, दर्शकले मन पराउने विश्वास छ’, उनले भने । कतार, दुबई र मलेसियाका कथापछि कोरियाको कथा आएकोमा पनि दर्शकको उत्साह बढेको उनको भनाइ छ । फिल्ममा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापा लगायतको अभिनय छ। असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । पेपरक्लिपको ब्यानरमा कमल र विमल न्यौपानेले निर्माण गरेको फिल्ममा नारायण तिमिल्सिना, चुडामणि शिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता छन्।कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ । सहायक निर्देशकहरूमा दिनेश बहादुर राउत, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी छन् । निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजिको एक्सन निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्