यी हुन् आइएमडिबीको सूचीमा रहेका प्रतिक्षित फिल्म

फिल्म । आइएमडिबी (IMDb) ले हालै प्रतिक्षित शीर्ष १० भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । यस सूचीमा हिन्दी फिल्मको वर्चस्व देखिएको छ, जसमा ७ वटा हिन्दी फिल्म परेका छन् । त्यसैगरी, सूचीमा तमिल, तेलुगु र मलायालम उद्योगका एक-एक फिल्म पनि समावेश छन् । यसको टप तीनमा दुइ तामिल र एक हिन्दी फिल्म रहेका छन् ।

लोकेश कनागराजको निर्देशनमा तयार भइरहेको एक्सन-ड्रामा फिल्म ‘कुली’ सुपरस्टार रजनीकान्तको साथमा नागार्जुन र श्रुति हासन मुख्य भूमिकामा छन् भने आमिर खान छोटो भूमिकामा देखिनेछन् । यो फिल्म अगस्ट १४, २०२५ मा पाँच भाषामा रिलिज हुनेछ ।

यस्तै, प्रतिक्षित फिल्मको सुचीमा ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनित जासुसी एक्सन थ्रिलर फिल्म ‘वार २’ लाई अयान मुखर्जीले निर्देशन गरेका छन् । यशराज फिल्म्सको निर्माणमा बनेको यो फिल्म अगस्ट १४, २०२५ मा प्रदर्शनमा आउनेछ।

प्रभासको मुख्य भूमिका रहेको हरर कमेडी फिल्म ‘द राजा साब’ मा सञ्जय दत्त, मालविका मोहनन र निधि अग्रवाल पनि छन् । मारुति निर्देशित यो फिल्म डिसेम्बर ५, २०२५ मा पाँच भाषामा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्