डेब्यु अनुहार लिएर अर्जुनले घोषणा गरे ‘सानो संसार’

फिल्म । अर्जुन कुमारको लगानीमा पुनः ‘सानो संसार’ नाममा फिल्म निर्माण हुने भएको छ । हालै काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै निर्माण घोषणा गरिएको छ । फिल्ममा सितादेवी तिमिल्सिना मुख्य भूमिकामा रहनेछिन् । उनी अभिनेता केदार घिमिरेकी श्रीमती हुन् । यसमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटीको अभिनय रहने छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आगामी जेठबाट फ्लोरमा जाने फिल्मको छायांकन काठमाडौं, धादिङ र नुवाकोटमा गरिनेछ ।

अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको निर्माता अर्जुन कुमारले बताए ।

‘यो एकदमै फ्रेस स्टोरी हो । निर्देशक सिद्धार्थ पुडासैनीको कथा मन परेकाले आफ्ले यो फिल्म निर्माण गरेको हुँ । नयाँ मान्छे र नयाँ कन्सेप्ट आउन जरुरी रहेको निर्माण गरेको हुँ’, निर्माता अर्जुन कुमारले भने ।

सिद्धार्थले यहीबाट लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई फिल्मको कथा लेखनमा सरिष्मा पुडासैनीले सघाएकी छन् ।फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यो आगामी दशैंको घटस्थापना अर्थात असोज १७ गतेबाट प्रदर्शनमा आउने छ ।

कमेन्ट गर्नुहोस्