फिल्म । विक्रान्त मेसी र शनाया कपूर अभिनित फिल्म ‘आँखो की गुस्ताखियाँ’ शुक्रबार रिलिज भएको छ । यस फिल्मबाट अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूरले बलिउडमा डेब्यू गरेकी छिन् । फिल्म रिलिज भएसँगै सामाजिक सञ्जालमा दर्शकबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । धेरैले शनायाको अभिनयलाई मन नपराएको भन्दै उनको चर्को आलोचना र ट्रोल गरिरहेका छन् ।
रसकिन बन्डको क्लासिक लघुकथा ‘द आइज ह्याभ इट’ मा आधारित यो फिल्मको निर्देशन सन्तोष सिंहले गरेका हुन् । यसअघि शनाया गुरु रन्धावाको म्युजिक भिडियोमा पनि देखिएकी थिइन्, तर दर्शकले उनको काम त्यति मन पराएका थिएनन् र उनको तुलनामा अनन्या पाण्डे राम्रो भएको समेत टिप्पणी गरेका थिए ।

कमेन्ट गर्नुहोस्










