फिल्म । बलिउड अभिनेता रणवीर सिंहको आगामी फिल्म ‘धुरन्धर’ को फर्स्टलुक भिडियो जुलाई ६ मा सार्वजनिक भएको छ । ‘उरी: द सर्जिकल स्ट्राइक’ का निर्देशक आदित्य धरले निर्देशन गरेको यो फिल्ममा रणवीर जासूसी भूमिकामा देखिँदैछन् । विशेषत यसलाई रणवीरको कमब्याक फिल्मको रुपमा हेरिएको छ ।
सन् २०२३ मा प्रदर्शन भएको ‘रकी और रानीकी प्रेम कहानी’ मा रणवीर देखिएका थिए, फिल्मले ठिकै व्यापार गरेको थियो । यद्यपि सन् २०२४ मा उनले सानो भूमिका निर्वाह गरेको ‘सिंघम अगेन’ भने फ्लप भएको थियो ।
त्यसकारण रणवीर यतिबेला करिअरलाई पुनः ट्रयाकमा ल्याउने कोसिसमा छन् । सार्वजनिक भिडियोमा रणवीरको ड्यासिङ अवतारलाई दर्शकले निकै रुचाएका छन् । यो फिल्म २०२५ को डिसेम्बर ५ मा हलमा रिलिज हुने तय भएको छ ।
कमेन्ट गर्नुहोस्










