संगीत । ‘नाई मलाइ थाहा छैन’ गीत गाएर दर्शक तथा श्रोता माँझ स्थापित बनेकी गायिका टीका प्रसाईं संगीतकार पनि बनेकी छिन् । पछिल्लो समय उनले आफ्नै शब्द , संगीत र स्वर रहेको गीत ‘नतोडन’को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
‘मेलोडी’ नामक एल्बममा संग्रहित गीतमा विछोडको पीडा चित्रण गरिएको छ । अनन्त तिमल्सिनाको निर्देशन रहेको भिडियोमा एक साम्पाङ र सम्झना राईले अभिनय गरेका छन् । गायिका टीका स्वयम पनि यसमा फिचर्ड छिन् । गीतको भिडियोमा वैवाहिक सम्बन्धको अन्त्य हुँदा यसले सन्तानमा पार्ने प्रभाव प्रस्तुत गरिएको छ । यस भिडियोमा रामकुमार केसीको छायांकन रहेको छ भने टेकेन्द्र शाहले कलरसंगै सम्पादन गरेका छन् ।
कमेन्ट गर्नुहोस्












