यसकारण मनिषले रोजेनन् अभिनय

फिल्म । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट प्रदर्शनमा आउँदै छ । विजय बरालको मुख्य भूमिका रहेको यो फिल्ममा मनिष राउत एसोसिएट डिरेक्टरका रूपमा छन् । ‘प्रेमगीत ३’ मा प्रदीप खड्कापछि मुख्य भूमिकामा अभिनय गरेका मनिषले यो फिल्ममा अभिनय गरेका छैनन् ।

‘निर्देशन पनि रचनात्मक काम हो । अभिनय र निर्देशनसँगै लैजाँदा अभिनयमा पनि सहयोग पुग्छ भन्ने मेरो सोच हो’, मनिषले भने । उनले मन मिल्ने टिम र राम्रो कथाले यो फिल्ममा फरक विभागमा काम गरेको बताए ।

हाल पोस्टप्रोडक्सनमा रहेको यो फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायतको अभिनय छ ।

पेपरक्लिपको ब्यानरमा निर्मित यो फिल्मका निर्माता कमल र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ र कृष्ण परियारको सिनेमेटोग्राफी छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको यो फिल्मका मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

कमेन्ट गर्नुहोस्