कृष्णले ल्याए ‘बोली बार्नेले’

सङ्गीत । प्रेम, बिछोड र पीडाको यथार्थ कथालाई समेटेर तयार गरिएको गीत ‘बोली बार्नेले’ सार्वजनिक गरिएको छ । प्रेमीको पीडादायी गुनासोलाई प्रस्तुत गरिएको गीतले प्रेममा छुट्टिएका जोडीहरूको भावनालाई संवेदनशील रूपमा उजागर गर्ने विश्वास सर्जकको छ ।

शिव पौडेलको शब्द रचना रहेको गीतमा ऋषि खड्काको सङ्गीत रहेको छ । यसमा खेम सेन्चुरी र दीपिका वायाम्बु मगरको स्वर रहेको छ । पत्रकार कृष्ण पहाडीले निर्माण गरेको भिडिओलाई गीतकै भाव दर्शाउने गरी तयार गरिएको छ । आफ्नो पृथक शैली र गहिरा भावनाका लागि परिचित गीतकार पौडेलले गीत समाजमा घटेका वास्तविक र काल्पनिक कथाहरूको संयोजन बताएका छन् ।

गीतको म्युजिक भिडिओमा विनोद भण्डारी, जुना गुरुङ र नकुल शाही ठकुरीको अभिनय छ । तिहारको परिवेशमा तयार गरिएको गीतको निर्देशन विनोद भण्डारीले गरेका हुन् । यस भिडिओमा दिनेश पराजुलीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ । यो गीत मिडिया डबली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्