‘ऊनको स्वीटर’ प्रति दर्शकले देखाए आकर्षण

फिल्म । वैशाख २६ अर्थात् शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने फिल्म ‘ऊनको स्वीटर’ ले प्रदर्शनअघि नै दर्शकहरूबाट अभूतपूर्व उत्साह बटुलेको छ । अग्रिम टिकट बुकिङको आँकडा हेर्दा यसले बक्स अफिसमा सुखद सुरुवात गर्ने स्पष्ट देखिएको छ ।

विशेषगरी पूर्वी नेपालका सिनेमा घरहरूमा अधिकांश शोहरू भरिभराउ छन् । काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्सहरू क्युएफएक्स (लबिम मल, सिभिल मल, भक्तपुरको राधे राधे), बिग मुभिज, एफक्युब लगायत उपत्यका बाहिरका हलहरूमा पनि अग्रिम टिकट बिक्री उत्साहजनक रहेको वितरकले जनाएका छन् । दर्शकहरूको बढ्दो मागलाई ध्यानमा राख्दै हलहरूले शो संख्यामा समेत वृद्धि गरिरहेका छन् । वितरकका अनुसार ‘ऊनको स्वीटर’ शुक्रबारदेखि देशभर ३०० भन्दा बढी शोमा प्रदर्शन हुनेछ ।

सुजन चापागाईँ र झुमा लिम्बुको संगीत रहेको फिल्मका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले सामाजिक सञ्जालमा लोकप्रियता कमाइसकेका छन् ।आर्टमाण्डू प्रा.लि.को प्रस्तुति रहेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईका साथै सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल र भावना खपाङ्गी मगरको अभिनय रहेको छ । यो नवीन चौहानको डेब्यु निर्देशकीय फिल्म हो ।

कमेन्ट गर्नुहोस्