दर्शकको माया : प्रदर्शनको ५१ औँ दिनमा ‘अञ्जिला’

फिल्म । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापोको जीवनीमा आधारित रहेर तयार गरिएको फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो सफलता खेलाडीको विषयमा बनेको फिल्मका लागि ऐतिहासिक मानिएको छ ।

फिल्मका निर्देशक मिलन चाम्सले खेलाडीको विषयमा बनेको फिल्मले यस्तो अभूतपूर्व सफलता पाउँदा देशभक्ति र देशको गौरवसँग जोडिएका विषयमा फिल्म बनाउने आँट फिल्मकर्मीहरूमा पलाएको बताए । उनले भने,‘खेलाडीको विषयमा बनाइएको चलचित्रले पाएको यो सफलता ऐतिहासिक नै हो । पहिलोपटक खेलाडीको विषयमा बनेको फिल्मले यस किसिमको सफलता पाएको छ।’

निर्देशक चाम्सले काठमाडौँ उपत्यकाका विभिन्न १६ वटा हलहरू सुन्धाराको क्युएफएक्स, लविम मलको क्युएफएक्स, दरबारमार्गको क्युएफएक्स, सामाखुसीको क्युएफएक्स, भक्तपुरको भाटभटेनीस्थित क्युएफएक्स, चाबहिलको एफक्युब, कमलपोखरीको बिग मुभिज, नयाँ बानेश्वरको आईएनआई, गोंगबुको लोत्से मलस्थित आईएनआई, न्यूरोडको रञ्जना सिनेप्लेक्स, सितापाइलाको सिके सिनेमाज, गोंगबुको इन्फीनिटी सिनेमा, नयाँ बानेश्वरको वान सिनेमाज, गोंगबुको बीएसआर मुभिज, भक्तपुरको कमल विनायक सिनेमाज, कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र जमलको विश्वज्योती सिनेप्लेक्स, सतुङ्गलको डीएम सिनेमाजमा फिल्मले ५१ औँ दिनको यात्रा सफलतापूर्वक पूरा गरेको जानकारी दिए ।

यस्तै, उपत्यका बाहिर मोफसलका धरानको फ्रेन्ड्स सिनेमाज र डीम्याक्स सिनेमाज, विराटनगरको सेन्ट्रल सिनेमाज, इटहरीको इलाइट सिनेमा, विर्तामोडको पाथिभरा सिनेमाज, सिमराको आईएनआई केएसआर सिनेमाज, बुटवलका तीन हल फ्रेन्ड्स सिनेमाज, क्युएफएक्स बुटवल र क्युबक्स आईएनआई सिनेमाज, कपिलवस्तुको ओसिस सिनेमा, चितवनको म्याङगो सिनेमा, बनेपाको बामेल सिनेमा, दाङको भीएफएक्स सिनेमा र नेपालगञ्जको सिने रोयलमा पनि फिल्मले ५१ औँ दिन मनाएको उनले बताए ।

निर्देशक चाम्सले फिल्मबाट भएको मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग गरिने जानकारी दिए । फिल्म ‘अञ्जिला’ मा कप्तान सुब्बासँगै दयाहाङ राई, माओत्से गुरुङ, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्म गत वर्ष २०८१ सालको होलीलाई लक्षित गर्दै फागुन २९ गतेबाट प्रदर्शनमा आएको थियो ।

कमेन्ट गर्नुहोस्