‘पाँच पाण्डव’ मा को को हुनेछन् हिरो ?

फिल्म । वसन्त निरौलाले नयाँ फिल्म ‘पाँच पाण्डव’ निर्देशन गर्ने भएका छन् । काली रानी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्ममा कल्याणी साखको लगानी रहने छ । फिल्म दर्ताका क्रममा सिताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीको अभिनय रहने उल्लेख गरिएको छ । यद्यपि यसमा पाँच अभिनेता रहने बुझिएको छ ।

निर्देशक निरौलाले गरेको योजना अनुसार यो फिल्ममा कास्टिङ भएमा यस वर्षको ठूलो फिल्म मध्येको एक बन्ने छ । वुझिएअनुसार, फिल्मका लागि अन्य केही चल्तीका कलाकारहरुलाई पनि अफर गरिएको छ । तर, साइन नभइसकेकाले निर्माणपक्षले अरुको नाम खुलाएको छैन । निर्देसक निरौलाले गतवर्ष फिल्म ‘ज्वाइँ साब’को निर्देशन गरेका थिए ।

कमेन्ट गर्नुहोस्