फिल्म । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’ बाट डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको कमव्याक गर्ने भएको छन् । ‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट कमव्याक गर्न लागेका हुन् ।
उनले अभिनय गर्ने लभस्टोरी फिल्म ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ । यसको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली फिल्मको लेखन तथा निर्देशनमा कमव्याक गर्दैछन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’ को लेखन तथा निर्देशन गरेका थिए ।
बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने लभस्टोरी फिल्म ‘अमिगोस’ लाई विकास आचार्यले निर्माण गर्नेछन् । उनले पहिलो पटक फिल्म निर्माणमा हात हालेका हुन् । सुरेन्द्र रावल सह-निर्माता रहेको सिनेमाको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।










