‘कार्की साइँला’ मा जीतु

फिल्म । निर्माणधिन फिल्म ‘कार्की साइँला’ मा जीतु नेपाल अनुबन्धित भएकाछन । कर्ण बहादुर फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुने फिल्मका टिमसँग जीतुले सम्झैता गरेका हुन् । राजेन्द्र बस्नेतको निर्देशन रहेको फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।

बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्ममा ग्रामीण जीवनको कथा समेटिएको छ । भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

यसको पात्र एक भरिया हुन् । यसमा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ । धनकुटामा छायांकन हुने यो फिल्मका लागि अन्य कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।

कमेन्ट गर्नुहोस्