गीतमा यस्तो देखिनेछन् प्रदीप र जसिता

फिल्म । प्रदीप खड्का अभिनित फिल्म ‘लभ स्टेशन’ रिलिज मिति तय गरेका छन् । निर्माण टिमले प्रेस विज्ञप्ति जारि गर्दै फिल्म चैत्रको तेस्रो साताबाट प्रदर्शनमा आउने जनाएको छ । अर्थात् फिल्म चैत्र २२ मा रिलिज हुनेछ । निर्माण टिमले गत शनिवारको छलफलपछी फिल्म यसै वर्ष रिलिज गर्ने मनसाय बनाएको हो । फिल्ममा प्रदीपकि जोडी बनेकी छिन् , जसिता गुरुङ ।

जसिताले प्रदीप अभिनित फिल्म ‘लिलीबिली’ मार्फत नै गत वर्ष डेब्यु गरेकी थिइन् । फिल्मको एक गीतको छायाँकन हालै निर्माण पक्षले सकाएको छ । भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट गत शुक्रबार मात्र नेपाल फर्किएको छ । ‘घाम जुन नै चाहिँदैन…’ बोलको गीतमा प्रदीप र जसिता फिचर्ड छन् । ‘गीतलाई राम्रो बनाउने कोसिस गरेका छौ र हामी विश्वस्त छौ दर्शकले यसलाई रुचाउनु हुनेछ’ प्रदीप भन्छन् ‘गीतलाई हामीले स्वदेशी तथा विदेशी फिल्म छायाँकन हुने स्थानमा खिचेका छौ ।’

यस गीतलाई आउदो भ्यालेन्टाइन डेमा सार्वजनिक गरिने फिल्मका निर्माता गोविन्द शाहीले बताएका छन् । फिल्मलाई पुराना निर्देशक उज्वल घिमिरेले निर्देशन गरेका छन् । उनले यसलाई सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म भन्दै आइरहेका छन् । फिल्मलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

कमेन्ट गर्नुहोस्