‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक

फिल्म। अभिनेत्री बर्षा सिवाकोटी र रमेश बानियाँ अभिनय रहेको फिल्म ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएकको जानकारी समेत दिएको छ ।

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको फिल्म प्राविधिक काम नसकिएकाले २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ । लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन् । यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्