अल्लु अर्जुनले घोषणा गरे ‘एए२२-ए६’

फिल्म । दक्षिण भारतीय फिल्म ‘पुष्पा’ बाट इतिहास रचेका दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले आफ्ना फ्यानलाई उपहार दिएका छन् । मंगलबार जन्मदिनको उपलक्ष्यमा उनले नयाँ फिल्म घोषणा गरेका हुन् । यो फिल्मका लागि उनले निर्देशक एटलीसँग सहकार्य गर्दैछन् । सन पिक्चर्सले सामाजिक सञ्जालमा एउटा भिडियो पनि सेयर गरेको छ, जसमा एटली र अल्लु अर्जुन आफ्नो नयाँ प्रोजेक्टको लागि सँगै काम गरिरहेको देखिन्छ ।

भिडियोमा उनले फिल्ममा हस्ताक्षर गरेको र लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गरेको पनि देखाइएको छ । अल्लु अर्जुनलाई चेन्नईमा रहेको प्रोडक्सन हाउसको कार्यालयतर्फ जाँदै गरेको देखाइएको छ, जहाँ उनी निर्देशक एटली र निर्माता कलानिधि मारनलाई भेट्छन् ।

यो अल्लु अर्जुनको २२ औं र एटलीको छैटौं फिल्म हो, त्यसैले फिल्मलाई अस्थायी रूपमा ‘एए२२-ए६’ ह्यासट्याग दिइएको छ । यो फिल्मलाई एटलीले निर्देशन गर्नेछन् भने कलानिधि मारन यसको निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्