‘वसन्त’ मा यतिधेरै परिचित अनुहार

फिल्म । गत चैत २२ देखि प्रदर्शनरत फिल्म ‘वसन्त’ मा चिनिएका अनुहारहरू पनि छन् । गायक तथा अभिनेता प्रकाश सपूतको डेब्यु फिल्म रहेकाले पन्नी उनले दर्शक माँझ परिचित अनुहारलाई केमियो गराउन सफल भएका छन् । फिल्ममा राजेश हमाल, करिश्मा मानन्धर, दीलिप रायमाझी, प्रियंका कार्की, सुरक्षा पन्त, अर्पण थापा, नाजिर हुसेन, निश्चल बस्नेत, अनुप बराल, केकी अधिकारी, प्रविन खतिवडाले केमियो गरेका छन् ।

विभिन्न समयमा देखिने यी अनुहारले दर्शकलाई ‘सरप्राइज’ दिन्छ । केमियालाई लिएर केही दर्शकले भने मूल कथा र पात्रसँग सम्बन्ध तोडेको प्रतिक्रिया पनि दिएका छन् । यद्यपि धेरै दर्शकले परिचित अनुहारलाई देख्दा छुटै अनुभुती भएको प्रतिक्रया दिएका छन् ।

लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेतलाई फिल्ममा देखाइएको छ । ‘वसन्त’मा यति धेरै चर्चित कलाकारहरूको अभिनय रहेपनि निर्देशक तथा अभिनेता प्रकाश सपुतले यसबारे प्रदर्शनअघि कुनैपनि जानकारी दिएका थिएनन् । रिलिज पश्चात यी कलाकारहरूको दृश्यको भिडिओ क्लिप टिकटकमा समेत भाइरल भइरहेका छन् ।

कतिपयले यति ‘वसन्त’मा धेरै कलाकारहरूको विशेष भूमिकामा रहेपनि निर्देशक तथा अभिनेता प्रकाशले किन रिलिजअघि खुलाउन चाहेनन् भन्ने चासो समेत राखिरहेको सार्वजनिक फेसबुक रिल्स र टिकटकमा व्यक्त गरेका छन् ।

फिल्म ‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन (खबपु), प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे लगायत कलाकारको अभिनय छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन् ।

कमेन्ट गर्नुहोस्