फिल्म । छायांकन क्रममा रहेको फिल्म ‘जेरी अन टप’को अन्तर्राष्ट्रिय वितरण अधिकार हङकङको एलजी एसोसिएट्सले किनेको छ । बुधबार निर्माता कम्पनी अनन्या फिल्म्सका तर्फबाट सरोज न्यौपाने र वितरण कम्पनीका तर्फबाट हिमाल रानाले राइट खरिदविक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिअनुसार कम्पनीले अन्तर्राष्ट्रिय बजारमा फिल्मको वितरण गर्नेछ । एलजी एसोसिएट्सले पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार खरिद गरेको हो ।
यो फिल्मको छायांकन केही दिनमा सकिने तयारी छ । दुई गीतको छायांकन बाँकी रहेको र जसमध्ये एक गीतको सुटिङ विदेशमा हुनेछ । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्तको अभिनय छ ।
कमेन्ट गर्नुहोस्












