‘आउट ल : दफा २१९’ मा भिटेनको ‘हामी यस्तै त होनी ब्रो’

फिल्म । चर्चित र्‍यापर भिटेनको चर्चित गीत ‘हामी यस्तै त होनी ब्रो’ प्रदर्शनरत फिल्म ‘आउट ल : दफा २१९’ मा राखिएको छ । फिल्म मा सामावेश गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको छ । फिल्ममा उक्त गीतलाई प्रसंगसँग मिलाएर राखिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ । यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ ।

यो फिल्मको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र निशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको फिल्ममा चुल्ठे काजीको एक्सन छ । यो फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

फिल्मले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाइरहेको छ । जसकाकारण पनि फिल्मले रिलिजको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्