‘झण्डै लडेको’ मा रातामकै र दीपाश्री

सङ्गीत । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्द तथा हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायीका विनुशा राईको स्वरमा नयाँ गीति भिडियो सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ‘झण्डै लडेको’ गीतमा संगीत श्याम महर्जनको छ । विशन मानन्धरको एरेञ्ज छ भने मिक्सिङ र मास्टरिङको काम सुवाष कुथुमी राईले गरेका छन ।

रंगीन पर्व होलीको छेकोमा रिलिज गरिएको भिडियोलाई रोमान्टिक कमेडी जनरामा ‘हाँस्य’ प्रधान र नृत्यप्रधान बनाइएको छ । सार्वजनिक भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गरेका छन् । किरण र दीपाको जोडीलाई निर्देशक जीवन शाहीले रमाईलो ढंगले भिडियोमा प्रस्तुत गरेका छन् । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अनुप डंगोलको छ ।

‘यो मनोरञ्जनपूर्ण नृत्य गीत हो’, भिडियो सार्वजनिक कार्यक्रममा रचनाकार प्रतीकले भने, ‘पहिले गीत सुन्ने मात्र हुन्थ्यो अब गीत हेर्ने युगमा हामी छौं, भावनात्मक रचनाकारबाट बाहिर निस्केर यो पटक केहि रोमान्टिक शब्द कोरेको छु।’ ३० वर्ष बैङ्किङ सेवामा रहेर सेवानिवृत भएका प्रतीक विसं २०३४ सालदेखि गीत तथा साहित्य रचनामा सकृय छन् ।

कमेन्ट गर्नुहोस्