‘आउट लः दफा २१९’ : यस्तो छ देशभर शो

फिल्म । नेपालमा एक्सन जनराका फिल्म हेर्ने दर्शक भएता पनि मेकिङमा गुणस्तरीयता नहुँदा दर्शक घरेलु फिल्ममा कम देखिन्छन् । एक्सन विधामा तयार गरिएको नेपाली फिल्मलाई चासो नदिएका नेपाली दर्शकले यसवर्ष गत दसैँमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ लाई राम्रो साथ दिए । दुई वर्ष अगाडि नै बनिरहेका नियमित फिल्म भन्दा फरक बनाउने कोसिस अनुसार फिल्म ‘आउट लः दफा २१९’ को निर्माण सुरू गरिएको थियो । निर्देशक विक्की महर्जन र निर्माता अमित अग्रहरी सम्झौता बिना तयार गरेको फिल्म आउँदो फागुन २९ मा प्रदर्शन हुँदैछ ।

एक्सन फिल्मको दर्शकलाई मध्यनजर गर्दै देशभरका हलले शो खुलाएका छन् । दर्शकले अनलाइनमार्फत आफूले चाहेको हलमा टिकेट खरिद तथा बुकिङ गर्न सक्नेछन् । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा २ शो , सिभिल मलमा २ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो, क्युएफएक्स राइजिङ मलमा २ शो, क्युएफएक्स सिटी स्क्वाएर मलमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत पोखरामामा रहेको क्युएफएक्स ट्रेड मलमा २ शो, नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा ३ शो, सिजी मलमा २ शो, विराटनगरमा २ शो, विर्तामोडमा २ शो, विरगंजमा १, इटहरीमा १ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ४ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा ३ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा ५ शो, किर्तिपुरमा रहेको किर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिने सिनेमाजमा ४ शो, गोंगबुमा रहेको इन्फिनिटी मुभिजमा ३ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ३ शो र कालिमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा २ शो, बानेश्वरमा रहेको आइएनआईमा २ शो र बुटवलमा रहेको आइएनआइमा २ शो, बनेपामा रहेको शुभकामना सिनेमामा २ शो दिएको छ ।

मोफसलमा रहेका हलहरूमा इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा १ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा ३ शो, धरानमा रहेको फ्रेन्ड्स सिनेमामा ३ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा २ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा २ शो, दाङमा रहेको भीएफएक्स सिनेमाजमा ३ शो, हेटौडामा रहेको एनएस सिनेमाजमा ३ शो, हेटौडामा रहेको ओम्याक्स सिनेमाजमा १ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा २ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ४ शो प्राप्त भएको छ ।

निर्देशक महर्जनले फिल्मले सामाजिक संदेश पनि प्रवाह गर्नेमा जोड दिए । सोही कारण यसमा दफा २ सय १९ को चर्चा गरिएको छ । ‘यो एउटा काल्पनिक कथा हो । क्यारेक्टर ग्याङस्टारकै हो । तर, यो बदला र न्यायको कथा हो । यसको कथावस्तु निकै नै गरुङ्गो छ’, उनले भने । उनले विशेषत यसको विषय महिला बलात्कारसँग जोडिएको बताए । निर्माता अग्रहरी फिल्म बनिसक्दा आफू ढुक्क भएको बताउछन् । उनले फिल्ममा समावेश एउटा एक्सनका लागि चालिस लाख खर्च गरेका छन् ।

उनले भने,‘यस्तो एउटा विषयवस्तु हामीले ल्याएका छौं, जुन भन्न आवश्यक थियो । एक्सनमा यो फिल्मले नेपाली फिल्म क्षेत्रमा नयाँ वेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ मलाई । मैले पैसा सोचेर फिल्म बनाएको नै होइन । नयाँ भिजन, नयाँ विषयवस्तु भएका कारण नै लगानी गरेको हुँ ।’

उनले नेपालमा बनिरहेका एक्सन फिल्म भन्दा विल्कुलै फरक फिल्म ‘आउटलः दफा २१९’ बनेको दाबी गरे । उनले विदेशी एक्सन फिल्म झैँ महसुस गराउनुका साथै दर्शकले स्तरीयता देख्ने दावी गरे ।

फिल्मको मेकिङ, प्रस्तुति, एक्सन, कलाकारहरुको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ । नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सरप्राइज पनि दिएको छ । यसैले, बक्स अफिसमा यो फिल्मले सुखद कमाई गर्ने विश्वास लिइएको छ ।

फागुन २९ गतेदेखि प्रदर्शन हुने फिल्मलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन् । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रुपमा पटकथा तयार गरेको फिल्ममा नविन गुरुङले छायांकन, साहिल खानले सम्पादन गरेका छन् । फिल्ममा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ ।

कमेन्ट गर्नुहोस्