‘कर्मा’ मा यस्ती छिन् उपासना

फिल्म । आउँदो चैत २९ गते प्रदर्शन घोषणा गरिएको फिल्म ‘कर्मा’ मा अभिनय रहेको अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक गरिएको छ । अभिनेता विपीन कार्कीको अपोजिटमा रहने उपासनाको लुक्स साधारण युवतीको देखाइएको छ । उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् ।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन फिल्म हो । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

कमेन्ट गर्नुहोस्