सङ्गीत । प्रणय दिवस अर्थात् फेब्रुअरी १४ लाई प्रेमिल बनाउन अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुती हुने भएको छ । सिड्नीस्थित ग्रान्भिलमा रहेको रातोघरमा पाल्पा इन्टरटेनमेन्टको प्रस्तुतीमा हुने सांगीतिक कार्यक्रममा ‘नेपाल आइडल’ मार्फत दर्शकको मन जित्न सफल भएका विजेता करण परियार र उपविजेता सलोमी गुरुङसँगै गायक शिव परियार गुञ्जिनेछन् । फेब्रुअरी १४ साँझ ६ बजेर ३० मिनेटमा हुने प्रेमील साँझमा गीतसङ्गीतमा आफ्नो छुटै पहिचान बनाएका करण र सलोमीसँगै एक्ट्रेस झरना रिसालले समेत नृत्य प्रस्तुत गर्नेछन् ।
प्रेमिल गीतसँगै नृत्यको प्रस्तुती हेर्न सिड्नीवासी अधैर्य रहेको पाल्पा इन्टरटेनमेन्टले जानकारी दिएको छ । आयोजकका अनुसार सम्पूर्ण तयारी पुरा भईसकेको छ । कार्यक्रममा सहभागी हुन् गायक तथा नृत्याङ्गना सिड्नी पुगिसकेका छन् । कार्यक्रममा सहभागिताका लागि ५० डलरको टिकेट खरिद गर्नुपर्ने छ । ‘नेपाल आइडल’ मार्फत दर्शकको मन जित्न सफल विजेता करण परियार र उपविजेता सलोमी गुरुङ सिड्नीबासि माँझ पहिलोपटक गुञ्जिदै छन् ।











