सङ्गीत । अस्वस्थताका कारण गीत गायनमा सक्रिय हुन नसकेका गायक ओमविक्रम बिष्टले दुई नयाँ गित रिलिज गरेका छन् । गत शुक्रबार उनको दुई गीत ‘यो जुनी त यस्तै भो’ र ‘बगैंचा भरी’ भिडियोसहित सार्वजनिक गरिएको छ ।
गायक दिप श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक बिष्ट ,संगीतकार प्रकाश गुरुङ ,गायकहरु योगेश्वोर अमात्य ,जेम्स प्रधान ,द्वन्द निर्देशक राजेन्द्र खड्गी ,निर्देशक सुव्रत आचार्य लगायतको उपस्थिति रहेको थियो । साथै दुवै गीतका रचनाकार राजेश गुरुङ (रहर )का नजिकका आफन्त एवं पारिवारिक सदस्यहरुको समेत बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक दुवै भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्।
कमेन्ट गर्नुहोस्










