दोस्रो चरणको छायांकनमा निस्कियो ‘पिताम्बर’

फिल्म । भदौ १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभमुहूर्त गर्दै सिनेमा ‘पिताम्बर’को छायांकन सुरु गरिएको छ । सिनेमाको छायांकन बालाजुस्थित एनएफडीसी ल्याबबाट सुरु गरिएको हो ।

सिनेमाकी निर्देशक कृषा चौलागाईले दोस्रो चरण छायांकनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायांकन सुरु गरेको बताइन् । अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आँचल शर्मा बाहेक सवै कलाकारले सिनेमाको छायांकन सुरु गरेको जानकारी उनले दिइन् । अनुप अमेरिकाबाट फर्के पश्चात र आँचलले ‘वर एण्ड वधु’ रिलिजपछि सिनेमाको छायांकनमा जोडिने छन् ।

केही दिनमा काठमाडौंको छायांकन सकेर सिनेमाको निर्माण टिम बाँकी छायांकनको लागि नवलपरासी पुग्ने छ । सिनेमाको पहिलो चरणको छायांकन पनि नवलपरासीमा नै गरिएको थिो । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ ।

सिनेमामा सौगात र प्रदीपका अलवा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ । सिनेमामा अभिनेता आर्यन सिग्देल पनि विशेष भुमिकामा देखिने छन् ।

प्रदीप भारद्धाजको लेखन रहेको सिनेमा केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्यमा निर्माण गरिरहेको छ । पुरुषोत्तम प्रधानले छायांकन गरिरहेको सिनेमा विशाल चौलागाईले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्