फिल्म । अभिनेता अभिनेता रमेश उप्रेती दोस्रो विवाह गर्न तयार भएका छन् । परिवारले विवाहका लागि प्रेसर दिएपछि उनले आउँदो मङ्सिरमा विवाह गर्न लागेका हुन् । उनले फिल्म क्षेत्रभन्दा बाहिरकी युवतीसँग आफूले मागी विवाह गर्न लागेका हुन् । ‘परिवारबाट पहिल्यैदेखि विवाहका लागि प्रेसर आइरहेको थियो । अहिले कुराकानी मिलेको छ, अब चाडै सुखद खबर आउने छ’ उनले भने ।
विवाहको लागि वधु हेर्ने सबै जिम्मा परिवारले लिएको छ । यतिबेला विवाहको लागि आफू मानसिकरुपमा तयार रहेको समेत रमेशले बताए । रमेशको पछिल्लो फिल्म ‘ऐश्वर्या’ सुपरहिट भएको थियो । उनी चाँडै नयाँ फिल्मसहित फर्कने तयारीमा छन् ।
कमेन्ट गर्नुहोस्











