शो । मह जोडी अर्थात् चर्चित हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि ‘महजात्रा’ लिएर अष्ट्रेलिया पुगेका छन् । उक्त कार्यक्रममा कलाकार कुन्ती मोक्तान, नरेन्द्र कंसाकार र ‘राता मकै’ का उपनामले परिचित किरण केसी समेत सहभागी छन् । उनीहरू विहिबार बेलुकी अष्ट्रेलियातर्फ लागेका हुन् ।
दर्शकलाई आफ्नो प्रस्तुती देखाउन निकै आतुर रहेको कलाकार केसीले बताए । उनले भने,‘हामीले आफ्नो सम्पूर्ण तयारी गरिसकेका छौँ । गीत गाउनुका साथै आफ्नो विविध प्रस्तुती दिने तयारीमा छौँ’, कलाकार केसीले भने । ‘महाजात्रा’ जुन २ तारिख देखि अस्ट्रेलियामा सुरू हुँदैछ । यो कार्यक्रम अष्ट्रेलियामा सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा, एडिलेडमा हुनेछ भने न्युजिल्यान्डमा अकल्याण्ड र क्रिस्टचर्चमा हुनेछ ‘
कमेन्ट गर्नुहोस्










