फिल्म । कवि हुँदै ‘कबड्डी’ शृंखलाको लेखकका रुपमा चिनिएका उपेन्द्र सुब्बाले पहिलो निर्देशकीय फिल्म ‘जारी’ मार्फत आफूलाई प्रमाणित गरे । उनी निर्देशकमा स्थापित हुनुका साथै बक्सअफिसमा समेत सफल भए । उनको पहिलो फिल्मले अठार करोडको आसपासमा ग्रस कलेक्सन गरेको छ । फिल्मले समीक्षा पनि राम्रो बटुलेको छ ।
सोही शैलीमा उनको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलरले चर्चा बटुलिरहेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा त्यसमा जीवन्त देखिएका कलाकारहरूको अभिनयको चर्चा अहिले बढिरहेको छ ।
प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राईले बोलेको संवाद र गरेको अभिनय अहिले चर्चामा छ । लिम्बू समुदायको संस्कार र संस्कृति देखिने फिल्ममा हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । निर्देशक सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।
विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।











