‘महाजात्रा’ हेरेपछि मदनकृष्णले भने ‘अहा ! क्या राम्रो’

फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् । प्रिमियरमा सहभागी भएपछि वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले फिल्मकै गीतको बोल सापटी लिदै ‘अहा ! क्या राम्रो’ भन्ने प्रतिक्रिया दिएका छन् ।

मह सञ्चारमा डेढ दशक बिताएर फिल्म निर्देशनमा उदाएका निर्देशक प्रदीप भट्टराई निर्देशन अझैँ परिपक्क भएको कलाकार श्रेष्ठले बताए । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले संदेश दिन्छ तर जात्रा कै शैलीमा । परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ’, अभिनेता श्रेष्ठले भने । अभिनेता श्रेष्ठले फिल्म हेरिरहदा समय वितेको पत्तै नपाएको बताउदै विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरे ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन, हरिवंश आचार्यको नेताको पात्र, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको अभिनयको तारिफ भएको छ । प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।

कमेन्ट गर्नुहोस्