काठमाडौँमा निफ सुरू

फिल्म । आजदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरू भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करण सुरु गरिएको छ । महोत्सवको उद्घाटन गर्नु हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले महत्वको महत्व बुझेको र आउँदो समयदेखि आफ्नो मन्त्रालयको बजेटमै समावेश गर्ने बताइन । उनले भनिन्,’हामी अहिले बजेट निर्माणको प्रक्रियामा छौँ । मलाई प्राप्त भएका सुझाव र मैले बुझेका आधारमा यस क्षेत्रलाई अगाडि बढाउन सहयोगी हुने किसिमले सम्बोधन गर्ने छु ।’

उनले फिल्म मनोरन्जन मात्र नभई समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली आम सञ्चारको बलियो माध्यम रहेको भन्दै मौलिक फिल्म निर्माण गर्न जोड दिईन् । आगामी चैत ५ गतेसम्म काठमाडौँमा चल्ने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट प्रदर्शन गरिने अध्यक्ष केपी पाठकले जानकारी दिए । उनले कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद रहेको बताए । ‘हामीले यसलाई अझैँ भव्य बनाउन अगर्सर छौँ । यसले विश्वभरका चलचित्रकर्मीलाई एकैस्थानमा कुराकानी गर्ने वातावरण बनाएको छ’, पाठकले भने ।

महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बबताए । महोत्सवको उद्घाटन समारोहमा निर्देशक प्रकाश बहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्के लगायत उपस्थित थिए । महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्