
फिल्म । फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ दोस्रो सातामा प्रवेश गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म प्रदर्शन सुरू गरेको एकसातापछि गीत सार्वजनिक गरिएको हो । गीतमा एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ । बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको फिल्मको सार्वजनिक गीतमा अभिनेता सौगात मल्ल फिचर्ड भएका छन् ।
दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । फिल्म हेरेपछि अधिकांश दर्शकले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ फिल्मले नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् ।
दर्शकहरूलाई यो फिल्मका मुख्य कलाकार सौगात मल्ल, नाजिर हुसेन र खलपात्र प्रमोद अग्रहरिको कामले प्रभावित बनाएको देख्न सकिन्छ । सौगात र नाजिरको एक्सन अवतारको गजब भन्दै तारिफ गरिरहेका छन् । ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा प्रमोद अग्रहरिको रोल दमदार देखिन्छ । यो सँगै सौगातको मानसिक सन्तुलन गुमेको चरित्रमाबाट दर्शकहरू आनन्दित भएको बत्ताउँछन् ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘अगस्त्य’ नेपाल रिलिजको पाँच दिनपछि विहिबारदेखि मध्यपूर्वका मुलुकमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार र बहराइनमा रिलिज गरेको छ ।
फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।
विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।










