सङ्गीत । स्टार म्युजिक भिडियो अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । गत शनिबार काठमाडौंको जमलस्थित यल्लो पागोडा होटलमा आयोजीत समारोहमा जम्मा ४८ बिधाको अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो ।
कार्यक्रममा पुर्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउद प्रमुख अतिथिको रुपमा उपस्थित थिए । साथै चलचित्र बिकाश बोर्डका अध्यक्ष अभिनेता भूवन केसी, गायिका देविका बन्दना, कलाकार किरण केसी, दिपाश्री निरौला, म्युजिक भिडियो कलाकार संघकी अध्यक्ष सम्झना बुढाथोकी, कलाकार पल्पसा डंगोल, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, संगीतकर्मी तिलक सिंह पेला, सुवास रेग्मी, गीतकार एक नारायण भण्डारी, कोरियोग्राफर कबिराज गहतराज लगायतका अतिथिहरुको बाक्लो उपस्थिती थियो ।
कार्यक्रममा पुर्व मन्त्री साउदले अवार्ड आयोजकलाई शुभकामना दिए । उनले अवार्डले कलाकारहरुलाई थप उर्जा मिल्ने भन्दै उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई बधाई तथा अवार्ड जित्नका लागी शुभकामना दिएका थिए । साथै बिशिष्ट अतिथि भूवन केसीले आफूले रेडियो नेपालमा गीत गाउँदाको समयको स्मरण गर्दै अवार्डको उत्कृष्ट पाँचमा पर्नुपनि आफैमा बिजेता सरह भएको भन्दै सम्पुर्णलाई बधाई दिए । अवार्डको यस तेस्रो संस्करणको जुरीमा गीतकार एक नारायण भण्डारी, गायक तथा संगीतकार तिलक सिंह पेला, निर्देशक बाबुराजा केसी (उज्जवल) र कोरियोग्राफर कबिराज गहतराज रहेका थिए ।












