सलोनको फिल्मबाट सलिनको कमब्याक

फिल्म । दुई फिल्ममा अभिनय गरेर नै सम्भावना बोकेको अभिनेताको रुपमा चित्रण गरिएका सलिनमान बनियाँ ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’ मा देखिने भएकाछन् । उनले आफ्नो अभिनय रहने जानकारी गराउदै तेस्रो फिल्मको बारेमा कन्फर्म गरेका हुन् । फिल्मलाई सलोन बस्नेतले सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण गर्दैछन् ।

फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोनलाई एक्सन मुडमा देख्न सकिन्छ । पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ ।

सलोन र सलिनमानले ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्म आगामी बैशाख वा जेष्ठबाट फ्लोरमा जानेछ । फिल्मको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ ।

पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन् ।

कमेन्ट गर्नुहोस्